spot_img

महानगरले १८ महीनामा जथाभावी फोहर फाल्नेलाई कारबाई गरी ३६ लाख राजस्व उठायो

पढ्न छुटाउनुभयो ?

वीरगंज महानगरपालिका कार्यालयले डेढ वर्षमा जथाभावी फोहर फाल्ने ५९४ जनाबाट रु ३६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

वीरगंज महानगरका सरसफाइ महाशाखाका प्रमुख सर्फुद्दीन मियाँले १८ महीनामा जथाभावी फोहर फाल्नेहरूबाट  रु ३६ लाख जरिवाना असुल गरिएको बताए। उनले जथाभावी फोहर फाल्नेहरूलाई निगरानीमा राख्न बिहान चार घण्टा, दिउँसो आठ घण्टा र राति चार घण्टा गरी तीन शिफ्टमा मानिसहरू खटिरहेका र तोकिएको ठाउँबाहेक अन्त फोहर फाल्नेहरूलाई कारबाई भइरहेको बताए। उनले शुरूमा रु पाँच सयबाट जरिवाना शुरू गरिएको र पछिल्लो समयमा न्यूनतम रु पाँच हजार असुलउपर गरिरहेको बताए। मानिस र प्रकृति हेरेर दण्ड जरिवाना हुने गरेको उनले बताए। उनले जथाभावी फोहर फाल्नेहरूलाई कारबाई गरिएकै कारण महानगरमा सफाइ कार्य चुस्तदुरुस्त भएको दाबी गरे।

उनले पछिल्लो समयमा मेडिकल फोहर जथाभावी फालेबापत असार ९ गते वीरगंज–४ बिर्तास्थित मेडिकल भेललाई रु ५० हजार जरिवाना गरिएको बताए। जथाभावी फोहर फाल्नेलाई पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको र हालको समयमा फोहर फाल्ने जोसुकैलाई पनि जरिवानाको दायरामा ल्याउने कार्य भएपछि सफाइ कार्यमा सुधार आएको प्रमुख मियाँले बताए।

वीरगंज महानगरपालिकाले विगत केही वर्षदेखि मुख्य सडक, सहायक सडकको फोहर ठेक्काबाट सङ्कलन गरिरहेको छ। ठेक्काबाहेकका क्षेत्रमा महानगरको सरसफाइ शाखाले फोहर सङ्कलन गर्दै आएको छ।

नारायणी अस्पताल, वीरगंज कारागार, भारतीय महावाणिज्य दूतावास, जिल्ला र उच्च अदालत तथा नाला कटान गरी भएका फोहरलाई महानगरले सङ्कलन गर्दै आएको सरसफाइ प्रमुख मियाँले बताए। उनले मेडिकल फोहर सङ्कलनका लागि बिहानदेखि साँझसम्म दुईवटा ट्याक्टर र सोबाहेक अन्य फोहर सङ्कलनको लागि ११ वटा ट्याक्टर र जनशक्ति परिचालन भइरहेको बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

गण्डकी, २५ पुसः । रासस कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी...

सम्बन्धित खबर