spot_img

प्रजातान्त्रिक बिचार समाज धनुुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित

पढ्न छुटाउनुभयो ?

दिपक कुशवाहा वीरगज,१२प्रजातान्त्रिक बिचार समाज धनुुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित भएका छन । समाजको कन्द्रिय समितिले झालाई धनुुषा अध्यक्षको जिम्मा दिदै मधेश प्रदेश भरी संगठन विस्तार गर्ने अख्तीयारी प्रदान गरेका छन । प्रजातान्त्रिक बिचार समाज नेपाली काग्रेस निकट बुद्धजिवीहरुको संगठन हो । यसले प्रजातान्त्रिक मुल्य र मान्यतामा आधार भएर विचार निर्माणमा सक्रिय रह्दै आएका छन ।

नेपाली काग्रेस निकट विभिन्न क्षेत्रका बुुछजिवीहरुको सक्रियतामा )५२ सालमा संस्थापित यो समाजको केन्द्रिय अध्यक्ष अहिले वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले छन । समाजको सबै जिल्लाहरुको साथै देश वाहिर पनि संगठन रहेका छन ।
धनुुषा शाखाका अध्यक्षको जिम्मा पाएका पत्रकार झा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य समेत हुन । झा नेपालका मुलधारको पत्रकारितामा विगत डेढ दशक यता सक्रिय छन । उनी कान्तिपुर दैनिक, हिमाल खवरपत्रिका, अन्नपुर्ण पोष्ट र नयां पत्रिकामा काम गरिसकेका छन ।

धनुुषा शाखाको अध्यक्षको जिम्मा पाए पछि अव झाले आफनो नेतृत्वमा जिल्ला कमिटी निर्माण गर्नुको साथै मधेश प्रदेशका अन्य जिल्लाहरुमा समेत जिल्ला शाखाहरु गठन गर्ने छन । त्यसको साथै साथै बिचार समाजको व्यानरमा बैद्धिक विचार विमर्शहरु समेत संचालन गर्ने छन ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

गण्डकी, २५ पुसः । रासस कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी...

सम्बन्धित खबर