spot_img

वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको स्वास्थ्य अवस्था गम्भीर

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ भदौ । वीरगंजका पुराना एवं वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।
काठमाडौंको शिक्षण अस्पताल महाराजगंजको भेन्टिलेटरमा उनको उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको पाण्डेको छोरा सुरजराज पाण्डेले बताएका छन् ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगंजबाट काठमाडौं उपचारको लागि लगिएका पत्रकार पाण्डेको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको र अहिले केही भन्न नसकिने छोरा सुरजले बताए ।
मधुमेह र रक्तचापबाट पीडित पत्रकार पाण्डेको शरीरको केही अंग चल्न नसकेको, अचेत अवस्थामा रहेको र भेन्टिलेटरमा उनको सघन उपचार भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्




- Advertisement -spot_img
spot_img

ताजा खबर

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई...

सम्बन्धित खबर