पर्साका धोवीनी गाउँपालिकाका जनप्रतिनिधीहरुको कारण हालसम्म पालिको बजेट सार्वजनिकरण नभएको भन्दै स्थानिय नेताहरुले गापाका मेयर मदन चौहानलाई ज्ञापनपत्र बुझाएका छन ।
गाउपालिकाको कार्यलयमा पुगी नेता तथा स्थानियजनातहरुले चालुआर्थीक बर्षको लागी बजेट पारित तत्काल नगरे आफुहरु चरणबद्ध आन्दोलन गर्ने लेसपाका नेता ललन कुर्मीले बताए ।
कुर्मीका अनुसार निर्वाचित जनप्रतिनधीहरुको झगडाको कारण बजेट पारित नभएको तर उनीहरुको आपसी झगडाको कारण बिद्यालयमा अध्यणरथ बालबालिकाको दिवा खाजा रोकीएको बताए । कुर्मीका अनुसार समयमा बजेट पारित नहुदा संघ तथा प्रदेश सरकारले दिने अनुदान रकम बर्षेनी कटौती हुदै आएको बताए । नेताहरुको आपसी बिवादको कारण आमजनताहरु मारमा परेकोले आफु दावव स्वरुप प्रमुख प्रशासकिय अधिकृत अशोक रौनियार तथा मेयर चौहानलाई संयुक्त रुपमा ज्ञापनपत्र दिएको भादौसम्म बजेट सार्बजनिकरण नगरे असोज महिनादेखी गापाको कार्यलयमा तालाबन्दी गरि बिरोधको कार्यक्रम कुर्मीको भनाई थियो । त्यसै गरि चालुआर्थीक बर्षका लागी बजेट बनाउदा जनमुखी हुन पर्ने उनको भनाई थियो । टुक्रे योजना भन्दा ठोस देखने गरि ठुलाठुला योजना बनाउनु ज्ञापन पत्रमा उल्लेख गरिएको छ । बाल,बृध अशक्त,महिला तथा युवा मैत्री बजेट हुनु पर्ने स्थानियहरुको माग थियो । बेरोजगार युवाहरुलाई रोजगार दिने कार्यक्रम ल्याउन पर्ने माग गरेका छन ।
ज्ञपान पत्रमा लंगडी स्वास्थय चौकीमा एमबिबिएस,डक्रटर हुनु पर्ने, बन्द लैव संचालन,गापाभरिका सार्वजनिक अतिक्रमित जग्गा खोजी गरि बृक्ष्ााँरोपन, बिद्यालयहरुमा बिषयगत शिक्षक,शिक्षामा सुधार,बालमैत्री बिद्यालय कृषि कार्यका लागी बिधुतिकरण,महिला,अपाग,बृद्ध बालिबालिहरुको लागी घुम्ती शिबिर संचालन गरि उपचार गर्ने जस्ता बिषयलाई यसपालिको बजेटमा राखि दिन स्थानियहरुले लिखीत सुझाव समेत दिएका छन । ज्ञापनपत्र बुझाउने अम्बिका राउत कुर्मी,जंगबहादुर कुर्मी महम्द मेराज लगाएका स्थानियहरुको उपस्तिथी रहेको थियो ।
बजेट सार्वजनिकरण नभएको भन्दै स्थानिय नेताहरुले गापाका मेयर मदन चौहानलाई ज्ञापनपत्र
पढ्न छुटाउनुभयो ?
प्रतिक्रिया लेख्नुहोस्