spot_img

तीन किलो चरेससहित भारतीय नागरिक पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ असोज । दुर्ई किलो ९६० ग्राम चरेस सहित एकजना भारतीय नागरिकलाई पर्सा प्रहरीले वीरगंजबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत अगरा उत्तर प्रदेश कुडोल फतेहावाद बस्ने ४२ वर्षीय गोपाल गिरी रहेका छन।
वीरगंज महानगरपालिका–२ डम्पिङ साइडतर्फ लागुऔषध खरिद विक्री कारोवार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गिरिलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् डीएसपी दिपक गिरिले बताए।
उनले बोकेको प्लाष्टिकको झोलामा लुकाइ छिपाइ राखिएको लागुऔषध चरेश २ केजी ९६० ग्राम बरामद गरिएको गिरिले जानकारी दिए।
पक्राउ परेका गिरीविरूद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर