spot_img

मानव सेवा आश्रमको भवन शिलान्यास

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ असोज । वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा मानव सेवा आश्रमको भवनको आज शिलान्यास भएको छ ।
दशैंको शुभसाइत पारेर डा रामआवतर खेतानले भुमि पुजा गरी भवनको शिलान्यास गरेका हुन । लायन्स क्लबको १ करोड ३४ लाखको लागतमा दुर्ई तले भवनको निर्माण कार्य ६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको लायन्स क्लबका संजय खेतानले बताए।
भवनको ठेक्का समीर कन्ट्रक्सनले लिएको जसमा ६ महिना भित्र काम पुरा गरि आश्रमलाई हस्तान्तरण गर्ने योजना रहेको छ ।
मानव सेवा आश्रमका अभिभावकत्व ग्रहण गरेका डा दिपक शाक्यको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका डिएन अग्रवाल,समाजसेवी गणेश लाठ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,वरिष्ठ उपाध्यक्ष हरि गौतम, लायन्स विनोद खण्डेवाल, राजकुमार सिनधी, रामविहारी पाण्डे, प्याब्सन पर्साका सुशीला साह, पशुपति विक्रम शाह, उषा शाह, देवेश मानव सेवा लगायतले धारणा राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर