spot_img

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ ।
वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको गहवामाई मन्दिरमा आज अपराहन नेपाली सेना, प्रहरीलगायतले फूलपाती भित्र्याएका हुन् ।
फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ । फूलपाती भित्र्याउन साइत नचाहिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
वीरगंजमा आज सप्तमीको मेला निकै भीडभाडका साथ लाग्दैछ । घण्टाघर, माईस्थान र भारतीय महावाणिज्य दूतावासको सडकसम्म करीब एक किलोमिटर लाग्ने मेलामा गाउँ गाउँबाट मेला भर्न आउनेहरुको भीड लाग्न थालेको छ । अष्टमीसम्म निकै भीडभाडका साथ मेला लाग्ने र नवमीदेखि मेला विसर्जन हुने गर्दछ ।
वीरगंजको विभिन्न स्थानमा दुर्गा भवानीको भव्य मेला बनाएर पूजाआजा गर्ने प्रचलन पनि रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

झाँझ खोलामा डुबेर दाजुभाइको मृत्यु

रौतहट, १ कात्तिक । रौतहट जिल्लाको गरूडा नगरपालिका–५ शिवनगरस्थित झाँझ खोलामा शनिवार दिउँसो नुहाउन गएका दुई दाजुभाइको डुबेर मृत्यु...

सम्बन्धित खबर