spot_img

बारा प्रहरीद्वारा गाँजा र अवैध सामान बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले २७ किलो गाँजा बरामद गरेको छ ।
कात्तिक ५ गते बिहान ९ः३० बजेको समयमा अस्थायी प्रहरी पोष्ट चरमोहना बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले बारा सुर्वण गाँउपालिका वडा नं. ३ बतौरा नहरमा चेक जाँच गर्ने क्रममा कञ्चनपुरबाट बतौरा आउदै गरेको भारतीय नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल छाडी फरार भएका थिए ।
प्रहरीले मोटरसाइकल पछाडी बाँधी राखेको बोरा खोली हेर्दा बोरा भित्र २७ किलो गाँजा बरामद भएको जिप्रका, बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्ष्Fक प्रकाश सापकोटाले जनाएको छ । गाँजा छाडेर फरार हुने व्यक्तिको खोजी भइरहेको उनले जनाएको छ ।
यसैगरी कात्तिक ४ गते इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्र.ब.ना.नि त्रिभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ अमलेखगंज चोकमा चेकजाँच गर्ने क्रममा वीरगंजबाट चितवन जादै गरेको ना २ क ६७६ नम्बरको मिनि ट्रकबाट सपोर्टिङ विल नभएको १५ लाख ४० हजार २ सय ८० रुपियाँ बराबरको बदाम दाना, जीरा, मेथि, नारिवल र अन्य खुद्रा समान बरामद भएको छ । प्रहरीले ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाईको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रवक्ता सापकोटाले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर