spot_img

शिरडी साईबाबा मन्दिरको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

पढ्न छुटाउनुभयो ?

तस्वीर सौजन्यः अभिलाष गुप्ता वीरगंज ६ कात्तिक । वीरगंजको गीता मन्दिर स्थित श्री शिरडी साई बाबा मन्दिर सेवा ट्रस्टले छैठौं वार्षिकोत्सव आज धूमधामका साथ मनाउँदै छ ।
आज बिहान मन्दिर सेवा ट्रस्टद्वारा आयोजित पालकी शोभा यात्रा निकालीएको थियोे । सो पालकी शोभा यात्रा मन्दिरबाट निकाली गहवा माताको मन्दिरमा पुगी मेन रोड हुँदै अलखियामठ बाट काली मन्दिर हुँदै गीता मन्दिर स्थित श्री शिरडी साई बाबा मन्दिरमा पुगि समापन भएको थियो। पालकी शोभा यात्रामा भक्तजन एवं श्रद्धालुहरूको उल्लेखनीय सहभागीता रहेको थियोे ।
श्री शिरडी साई बाबा मन्दिरका अध्यक्ष हीरा साह कानुका अनुसार आज १२ बजे देखि भण्डाराको आयोजना गरिएको थियोे सो भण्डारामा वीरगंजका सम्पूर्ण भक्तजन एवम् श्रद्धालुहरू लाई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको थियोे।
पूजाआजा गरेर जोतको कार्यक्रमपछी १२ बजे देखि भण्डारा महाप्रसाद वितरण गरिएको थियोे । त्यसपछि सत्संग एवम् भजन र कीर्तनको कार्यक्रम पनि आयोजना गरिएको थियो।
मन्दिरका प्रमुख संरक्षक नीरज कुमार सर्राफका अनुसार यस वर्षको उत्सव विशेष रूपमा भक्तजन एवं श्रद्धालुहरूका लागि समर्पित गरिएको छ। कार्यक्रमलाई सफल बनाउन सबै भक्तजनलाई सहभागी हुन आहवान गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर