spot_img

१७० किलो गाँजासहित दुर्ई जना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज,१२ मंसिर । जिल्ला प्रहरी कार्यालय, बाराले १७० किलो गाँजासहित दुर्ई जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको कोल्हवी नगरपालिका –५ सोनाभार टोल बस्ने अन्दाजी ५० वर्षीय रमोद चौधरी र सोही ठाउँमा बस्ने दिनदयाल चौधरीको श्रीमति अन्दाजी ५२ वर्षकी मनमती देवी चौधरी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनिहरूको साथबाट १ सय ७० किलो (२१ पोका) लागु औषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५ सोनाभार स्थित दिनदयाल चौधरीको घरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त लागू औषधसहित दुर्ई जनालाई पक्राउ गरेको हो ।
दिनदयाल चौधरीको घरमा खानतलासी गर्दा रातो रंगको प्लाष्टिकले बेरी राखेको २१ पोका – १ सय ७० किलो लागू औषध गाँजा प्रहरीले बरामद गरेको हो ।
उक्त दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहिको प्रकृया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर