दिपक कुशवाहा, १४ वीरगज/नेपाल सरकारको निर्णय अनुसार देशभरीमा ५ वटा नयाँ चिकित्सा शिक्षा सम्बन्धि प्रमाणपत्र तहका लागी नर्सिग कलेजहरु थपिएका समाचार प्राप्त भएको छ ।
सोही मध्ये कोशीमा ३ वटा तथा मधेशमा २ वटा नर्सिग कलेजलाई यसै सत्रदेखी कक्षा संचालन गर्न अनुमती पाएको छ । मधेश अन्तर्गत वीरगजमा रहेको वीरगज हेल्थकेयर मेडिकल कलेज तथा बारा ६ परवानीपुरमा रहेको ज्ञानवाटिका ईस्न्चिुट अफ टेक्लोनोजी एण्ड साईन्स प्रालिले यसै शैक्षिक सत्रदेखी डिप्लोमा ईन फर्मेसी,प्रमाणपत्र नर्सिग, तथा स्वास्थय तथा समान्य चिकिस्ता शिक्षाको पढाई हुने वीएचसि मेडिकल कलेजका अध्यक्ष डा. अबुलहैस अंसारीले जानकारी दिए । डां अंसारीका अनुसार चालु शैक्षिक शत्रदेखी तिनै वटा बिषयमा भर्ना लिने र चाडै कक्षा संचालन हुने बताए । प्राबिधी शिक्षा तथा व्यवसायीक तालिम परिषदको २०८१ साउन २२ को बैठकको सिफारीमा तथा २०८१ मंसिर ०९मा प्रधानमन्त्रि केपी शर्माको अध्यक्षतामा बसेको परिषदको १५ औ बैठकले शैक्षिक सत्र २०८१/२०८२ देखी कक्षा संचालन गर्ने अनुमती दिएको डा. अंसारीले जानकारी गराए । साथै सो बैठकले अन्य ३९ वटा कलेजहरुमा थप सेवा बिस्तार गर्ने निर्णय गरेको छ ।
बिएचसिले पायो नर्सिग कक्षा संचालनको अनुमती
पढ्न छुटाउनुभयो ?
प्रतिक्रिया लेख्नुहोस्