spot_img

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गर्यो

पढ्न छुटाउनुभयो ?

काठमाडौं, २३ मङ्सिरः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले विराटनगर किङ्ग्स, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा चितवन राइनोजले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दशमलव दुर्ई ओभरमा सबै विकेट गुमाउदै एक सय ३१ रनमा समेटियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै सेफ जेबले ११ बलमा १८ रन जोडे भने विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ तथा नरेन साउदले १० रन बनाए । चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन र अमरसिंह राउटेलाले समान दुर्ई विकेट लिए भने रिजन ढकाल र रञ्जित कुमालले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रनको योगफल तयार गरेको थियो । चितवनका लागि ओपनर हसन इसाखिलले ५२ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ६५ रन बनाए । त्यसैगरी रवि बोपारा १८ बलमा दुर्ई चौका र दुर्ई छक्काको सहयोगमा ३६ रन बनाए भने कप्तान कुशल मल्लले १६ बलमा १३ रन जोडे । विपीन रावलले १७ रन बनाए ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेनले दुर्ई विकेट लिए भने सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान एक विकेट लिए ।
यससँगै चितवनले आफ्नो चौथो खेलमा तेस्रो जित हात पारेको हो । शुरूवाती दुर्ई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग भने पराजित भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

गण्डकी, २५ पुसः । रासस कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी...

सम्बन्धित खबर