spot_img

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

पढ्न छुटाउनुभयो ?

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आउने क्रम जारी रहेकोले ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।
ट्राफिक व्यवस्थापन फितलो भएको कारण बोका लिएर आउने मानिस कठिनाइमा परेका छन् ।
बिहान देखि नै बोका लिएर सयौँँ भक्तजन पुलमा अलपत्र परेका छन। कैयौँ मानिस नदी तरेर हुँदै बोका लिएर गढीमाई मन्दिर बढेको देखिन्छ। गढीमाई मेलाको अवसरमा मेला लागेको स्थान बरियारपुर देखि १५-२० किलोमिटर टाढा देखिनै सवारी साधनको अत्यधिक चाँप देखिएको छ।
आइतवार करिब १० हजार राँगाको बलि प्रदान गरिएको मेला आयोजक समितिले जनाएको छ।
मन्दिरका मूल पुजारी मंगल चौधरीसँग मिलेर विशेष पूजा गरेपछि मूल तान्त्रिक रौतहट गुजरा नगरपालिका–३ सिमारी गाउँँका उमाशंकर कछाडिया धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर देवी लाई चढाएपछि पशु बलि शुरू भएको थियो। मूल तान्त्रिकले आफ्नो शरीरबाट रगत निकालेर चढाउने विधिलाई नर बलि भन्ने गरिन्छ।
विश्वमै पशु बलिका लागि प्रख्यात रहेको बरियारपुर गढीमाई मेलामा अहिलेसम्म देश–विदेश बाट दर्शनार्थीहरू आउने क्रम जारी रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर