spot_img

कुटपिट गरी हत्या गरेको आरोपमा सुधारकेन्द्रका सातजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ फागुन । नवजन्म पुनस्थापना (सुधार) केन्द्रमा उपचारार्थ भर्ना भएका एकजना बिरामीको कुटपीट गरी हत्या गरेको आरोपमा बारा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमनपा–३ बस्ने वर्ष १९ को सरफराज मन्सुर, वर्ष २९ को तमन्ना अली, वडा नं. ४ बस्ने वर्ष २२ को निरज सरार्फ, वडा नं. ६ बस्ने वर्ष २० को राहुल भन्ने महमद आशु मियाँ शेख, वडा नं १ बस्ने वर्ष २४ को अरूण सरार्फ, वर्ष १९ को सागर गुप्ता, वडा नं. २ बस्ने वर्ष २१ को प्रमेश्वर साह रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । फागुन २ गते बाराको कलैया उपमहानगरपालिका वडा नं. ३. भवानीपुर बस्ने वर्ष २२ को साहेब बाबु मन्सुरले वडा नं. १ मा सञ्चालन गरेको नवजन्म पुनस्थापना (सुधार) केन्द्रमा १५ दिनअघि उपचारका लागि भर्ना भएका वडा नं. ९ रामपुरटोल बस्ने हिरालाल प्रसाद धानुकको छोरा वर्ष ३७ को धिरेन्द्र भन्ने प्रदिप प्रसाद मण्डललाई सुधार केन्द्रका कर्मचारीहरूले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । घाइते प्रदीपको कलैया सिटी अस्पतालमा पछि प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गर्ने क्रममा सातजनालाई तत्काल पक्राउ गरेको छ भने सो घटनामा ९ जना उपर किटानी जाहेरी परेको जिप्रका, बाराले जनाएको छ । पक्राउ परेका सातजनामाथि प्रहरीले बारा जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूर मुद्दा शीर्षकमा सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ भने फरार दुईजनाको खोजी भइरहेको जिप्रका, बाराले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर