spot_img

अल्पाइन माविले न्यू वेभलाई आठ विकेटले हरायो

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ फागुन । प्याब्सन वीरगंज अन्तरविद्यालय नकआउट क्रिकेट टुर्नामेन्ट–२०८१ अन्तर्गत शुक्रवार भएको खेलमा न्यू वेभ एकेडेमीलाई ८ विकेटले हराउँदै अल्पाइन मावि, वीरगंज विजयी भएको छ । पहिलो इनिङमा ब्याटिङ रोज्दै न्यू वेभ एकेडेमीले ७ विकेटको क्षतिमा १० ओभर खेल्दै १०५ रन बनाएको थियो । न्यू वेब एकेडेमीका सुनील यादव र विशाल चौहानले २५ र १७ रन बनाएका थिए । प्रतिउत्तरमा अल्पाइन माविले २ विकेटको क्षतिमा ६ ओभर खेल्दै १०६ रन बनाएको हो । अल्पाइनका रवि किशनले ४३ र अपूर्व महतोले ३७ रन बनाएका थिए । त्यस्तै अपूर्वले २ ओभरमा १२ रन खर्चदै २ विकेट पनि लिएका थिए । उनी नै प्रतियोगिताको म्याद अफ दि म्याच घोषित भए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर