spot_img

महाशिवरात्रीको अवसरमा शिवालयमा मेला

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ फागुन । महाशिवरात्रीको अवसरमा बुधवार पर्सा र बाराका शिवालयहरूमा दर्शनार्थीहरूको उल्लेख्य घुइचो लागेको छ । वीरगंजको पशुपतिनाथ मन्दिरलगायत पर्साको ग्रामीण क्षेत्रमा रहेका विभिन्न शिवालय तथा बारा कलैयाका शिव मन्दिरमा विहानै देखि दर्शन गर्न भक्तजनहरुको भीड लागेको थियो भने मेला पनि लागेको थियो । अखण्ड रूद्री पाठ तथा विशेष पूजा अर्चना भएको थियो । यस्तै बाराको चारकोसे झाडीस्थित जंगली बाबा सहजनाथमा दर्शनार्थीहरूको घुइचो लागेको छ । यहाँ मेला भर्न नेपाल तथा भारतका दर्शनार्थिहरू आएका हुन् । यसैगरी बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा श्री श्री १००८ महाशिवरात्रि महामहोत्सव महायज्ञ २०८१ श्री शिवशक्ति कोटी होम महायज्ञमा हजारौ व्यक्तिहरुको भीड लागेको छ । महायज्ञमा १०११ वटा विभिन्न देवीदेवताहरुको मूर्ति बनाइएको छ भने साथै दर्शन गर्न आउने भक्तजनहरुको लागि महायज्ञमा मनोरञ्जनको समेत व्यवस्था गरिएको र आज अन्य दिनको तुलनामा उल्लेख्य रमाइलो गर्नेहरुको भीड लागेको थियो । मेलामा विभिन्न किसिमको मनोरञ्जनको साधन, खेल तमाशा, मौतका कुवा, मारुती सर्कस, झुला, मिक्की माउस, ड्रागेन जम्पिङ, ब्रेक डान्स र माँ वैष्णोदेवीको गुफालगायत बच्चाहरुको लागि २० भन्दा बढी खेल तमाशाखाहरुको व्यवस्था गरिएको मनोरञ्जन व्यवस्थापक सुलतान खानले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर