spot_img

मानव बेचबिखनको आरोपमा पक्राउ परेका दुईजना पुर्पक्षको लागि जेल चलान

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन कार्यमा सलंग्न रहेको आरोपमा पक्राउ परेका दुई जना प्रतिवादीहरूलाई आज पुर्पक्षका लागि कारागार चलान गरेको जनाएको छ ।
फागुन १ गते वीरगंज महानगरपालिका वडा नं.१५ स्थित होटलहरूमा चेकजाँच गर्ने क्रममा प्रहरीले वेश्यावृत्तिमा महिलाहरुलाई संलग्न गराएको आरोपमा वीरगंज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ४५ को गिनीलाल गुप्ता र भारत, विहार जिल्ला पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर वडा नं.६ बस्ने वर्ष ४० को जय प्रकाश साहलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
उनीहरुले राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा संलग्न गराइरहेको अवस्थामा होटल स्मार्टबाट २ जना र न्यू शान्ति सैनिक होटलबाट २ जना गरी चार जना महिलाहरूको उद्धार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साह र गुप्तालाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा अनुसन्धान पश्चात पर्सा जिल्ला अदालतको आदेशमा आज पुर्पक्षको लागि वीरगंज कारागार पठाएको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर