spot_img

विनोद कुमार यादव जनता समाजवादी पार्टी, नेपालको प्रवास विशेष प्रदेश समितिमा सदस्य पदमा मनोनित

पढ्न छुटाउनुभयो ?

 

कुआलालम्पुर, मलेसिया | नेपाली समाज मलेसियाका अध्यक्ष विनोद कुमार यादवलाई जनता समाजवादी पार्टी, नेपालको विधानअनुसार प्रवास विशेष प्रदेश समितिमा सदस्य पदमा मनोनयन गरिएको छ।

यादव लामो समयदेखि मलेसियामा नेपाली समुदायको हकहित, पहिचान संरक्षण र सामाजिक एकता निर्माणमा क्रियाशील रहँदै आएका एक समर्पित अभियन्ता हुन्। पार्टीले यो मनोनयनमार्फत प्रवास क्षेत्रको अनुभव र नेतृत्व क्षमतालाई संस्थागत ढंगले उपयोग गर्न खोजेको प्रष्ट देखिन्छ।

मनोनयनको सूचना पाउँदा प्रतिक्रिया व्यक्त गर्दै यादवले भने:पार्टीले देखाएको विश्वासप्रति आभारी छु। अब यो जिम्मेवारी केवल कागजमा होइन, काममा देखिनेछ। म प्रवासी नेपालीको आवाज बनेर उभिन तयार छु।”

यो नियुक्तिलाई मलेसियास्थित नेपाली समुदायले गर्व र उत्साहका साथ स्वागत गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर