spot_img

पर्सा जिल्लाबाट गाँजासहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ साउन । आठ किलो ४४० ग्राम गाँजासहित पर्सा जिल्लाबाट एकजना व्यक्ति पक्राउ परेका छन् । पर्सा जिल्लाको पटेर्वा सुगौली गा.पा.४ करबोला चोकबाट इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले चेक जाँच गर्ने क्रममा बेलुवाबाट देवरवाना जाँदै गरेको भारतीय नं.को मोटरसाइकल सहित चालक पर्सागढी न.पा. ९ एकटाङ्गा बस्ने वर्ष ३४ को जग मोहन यादवलाई पक्राउ गरेको हो । उनले मोटरसाइकलको सिटमुनि र शरिरमा बाँधीएको अवस्थामा लागू औषध गाँजा ८ किलो ४४० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर