spot_img

वीरगञ्ज महानगरमा निषेधाज्ञाको समय बढाइयो

पढ्न छुटाउनुभयो ?

पर्सा, २४ भदौः जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू)को समयावधि थप गरेको छ ।
वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहले सामाजिक सञ्जाल बन्द भएको र काठमाडौँमा ‘जेनजीहरुमाथि भएको आक्रमणको विरोधमा प्रदर्शनीमा उत्रिएसँगै सोमबार राति ९ः०० बजेदेखि जारी भएको निषेधाज्ञाको समयावधि आज अपराह्न ६ः०० बजेसम्मको लागि बढाइएको हो ।
सोमबार राति ९ः०० बजेदेखि आज बिहान ९ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी भएको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आज बिहान ११ः०० बजेदेखि अपराह्न ६ः०० बजेसम्मका लागि कर्फ्यूको समयावधि थप गरिएको जानकारी दिनुभयो । “हिजो बेलुका ९ः०० बजेदेखि आज बिहान ९ः०० बजेसम्म लगाइएको कर्फ्यू आदेश जारी भएको थियो,” उहाँले भन्नुभयो, “यहाँको शान्तिसुरक्षाको अवस्था सहज नभएकाले निषेधाज्ञाको अवधि बढाइएको छ ।”
प्रमुख जिल्ला अधिकारी सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शङ्कराचार्यगेटलगायत स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेराउ गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर