spot_img

वीरगंजमा पहिलो कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता हुने

पढ्न छुटाउनुभयो ?

वीरगंज ३० असोज । चित्रांश यूथ टिम वीरगंजको आयोजनामा चित्रगुप्त समिति वीरगंजले पहिलो कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता–२०८२” आयोजना गर्ने जनाएको छ । बिहीवार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम संयोजक प्रकाश कर्ण, मिहिर कर्ण, महेश दास र राजन श्रीवास्तवले प्रतियोगिता सम्बन्धी जानकारी गराएका छन्। उक्त प्रतियोगिता कार्तिक ७ गते बिहान ७ बजेदेखि वीरगंजको ज्ञानदा एकेडेमीको मैदानमा शुरू हुनेछ। यो प्रतियोगिता सुपर सिक्स नकआउट प्रारूपमा खेलाइनेछ, जसअन्तर्गत कुल १० टिमहरू सहभागी हुनेछन् । प्रत्येक खेल ५ ओभरको हुनेछ र सम्पूर्ण प्रतियोगिता एकै दिनमा सम्पन्न गरिने संयोजकहरूले बताएका छन् । सहभागी टिमहरूका खेलाडीहरूको अक्सन (किनबेच प्रक्रिया) समेत गरिने कार्यक्रममा जानकारी गराइएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर