spot_img

वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख चौलागाईको बिदाइ

पढ्न छुटाउनुभयो ?

वीरगंज ३१ असोज । वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको सामुदायिक सेवा केन्द्र कुम्हालटोलले आज एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ । कार्यक्रममा प्रहरी निरीक्षक चौलागाईंलाई प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन योगदान पुर्याएको भन्दै खादा, टीका र मायाको चिनो प्रदान गरिएको थियो । उनको काठमाडौं अपराध महाशाखामा सरूवा भएको अवसरमा सहभागीहरूले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । सामुदायिक प्रहरी सेवा कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षता तथा सचिव श्रवन बहादुर रायमाझीको सञ्चालन गरेको कार्यक्रममा मार्टिन मोक्तान, श्याम केसी लगायतको सहभागिता थियो । कार्यक्रममा प्रहरी निरीक्षक चौलागाईंले समुदायबाट प्राप्त स्नेह र साथप्रति आभार प्रकट गर्दै देशको हितका लागि निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर