spot_img

वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख चौलागाईको बिदाइ

पढ्न छुटाउनुभयो ?

वीरगंज ३१ असोज । वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको सामुदायिक सेवा केन्द्र कुम्हालटोलले आज एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ । कार्यक्रममा प्रहरी निरीक्षक चौलागाईंलाई प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन योगदान पुर्याएको भन्दै खादा, टीका र मायाको चिनो प्रदान गरिएको थियो । उनको काठमाडौं अपराध महाशाखामा सरूवा भएको अवसरमा सहभागीहरूले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । सामुदायिक प्रहरी सेवा कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षता तथा सचिव श्रवन बहादुर रायमाझीको सञ्चालन गरेको कार्यक्रममा मार्टिन मोक्तान, श्याम केसी लगायतको सहभागिता थियो । कार्यक्रममा प्रहरी निरीक्षक चौलागाईंले समुदायबाट प्राप्त स्नेह र साथप्रति आभार प्रकट गर्दै देशको हितका लागि निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम, २५ कातिक : मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार...

सम्बन्धित खबर