spot_img

वीरगंज समाज सेवाद्वारा ६५औ निःशुल्क भोजन कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ कात्तिक । वीरगंज समाज सेवाले नारायणी अस्पतालमा लगातार ६५ औं साप्ताहिक निशुल्क भोजन कार्यक्रम सम्पन्न गरिएको छ । शनिवार बिहान ९.३० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा भएको निशुल्क भोजन सेवा कार्यक्रममा अस्पतालमा उपचाररत बिपन्न बिरामीहरू, कुरूवाहरू, असहायहरूको साथै रिक्सा,ईरिक्सा चालकहरू, यात्री बटुवाहरूलाई घरमा बनाएको जस्तो सफा, शुद्ध र गुणस्तरीय पोषिलो भोजन खुवाइएको थियो । भोजन शिविरमा भात, दाल, आलु परवलको तरकारी र हरियो खुर्सानीको अचार वृद्ध, महिला, बच्चाहरूलाई बोलाएर थपी थपी खुवाइएको थियो । कार्यक्रममा समाजका पदाधिकारीहरूमा उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिव प्रकाश बाहेती, सदस्यहरू मदन प्रसाद गुप्ता, लालबाबु सिंह, निसान्त लाठ, राजेन्द्र भट्टराई, रियान्स सिंह राजपुत लगायतले सेवा प्रदान गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर