spot_img

जिप्रका, पर्साद्वारा दीपावली र छठमा पटाका नपडकाउन अनुरोध

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार सूचना जारी गर्दै दिपावली, छठ पर्वको उपलक्ष्यमा घरघरमा पटका नपड्काउन, पटका ओसार पसार, व्यापार व्यवसाय नगर्न अनुरोध गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले आइतवार जारी गरेको सूचनामा पटका पड्काउँदा ठूलो आवाजले मानव स्वास्थ्यमा पर्ने असर, पटकाको आवाजले समाजमा हुने भय / डर र पटकाबाट निस्किने आगोको झिल्काले हुन सक्ने आगलागी समेतलाई मध्यनजर गरी पटका पड्काउने कार्य निषेध गरिएको छ । यदि यस्तो कार्य गरेको पाईएमा कानून बमोजिम कारबाही हुनेछ ।
जिल्ला प्रशासन कार्यालय पर्साले रातीको समयमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी देउसी भैलो राती ९ः०० बजेसम्म मात्र खेल्न आग्रह पनि गरेको छ । राति ९ः०० बजेको समय पछि खेलिने खेलाईने देउसी भैलोलाई बन्द गरिने चेतावनी दिइएको छ ।
चाडपर्वको उपलक्ष्यमा खेलिने/खेलाईने जुवातासमा हारजीत भई आर्थिक व्ययभार पर्ने हुँदा जुवातास नखेल्न/नखेलाउन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति पास लिएका अत्यावश्यक सेवासँग सम्बन्धीत सरकारी काममा बाहेक अन्य कामका लागि सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन नचलाउन पनि अनुरोध गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर