spot_img

शहिदकै बलिदानीले नेपाल स्वतन्त्र र सार्वभौम रहन सफल भएको हो : प्रदीप यादव

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज — पर्सा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले शहिदहरूको बलिदानीकै कारण नेपाल आजसम्म स्वतन्त्र र सार्वभौम मुलुकका रूपमा रहन सफल भएको बताएका छन्।
शहिद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै यादवले देशमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान आहुति दिने सम्पूर्ण शहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
पूर्वमन्त्रीसमेत रहेका यादवले आफ्नो फेसबुक पेजमा लेखेका छन्,
“देश, लोकतन्त्र र जनअधिकारका लागि आफ्नो अमूल्य जीवन अर्पण गरेका सम्पूर्ण शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।”
पर्सा–१ का निवर्तमान सांसद यादवले शहिदहरूको सपना साकार पार्नु सबै नेपालीको साझा दायित्व भएको उल्लेख गरेका छन्। शहिदहरूले दिएको कुर्बानीकै कारण आज नेपाली जनता आफूलाई सार्वभौम नागरिकका रूपमा गर्व गर्न पाएको उनको भनाइ छ।
उनले राणा शासन, पञ्चायती शासन, पहिलो र दोस्रो जनआन्दोलन, मधेस आन्दोलन तथा हालै भएको जेनेजी आन्दोलनमा शहादत प्राप्त गरेका सम्पूर्ण शहिदहरूको योगदानको स्मरण गर्दै भनेका छन्,
“शहिदहरूले देखाएको मार्गमा सदैव हिँड्न सकूँ भन्ने कामना गर्दछु।”

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

चितवन कारागारबाट भागेका ७४३ मध्ये १०० अझै फरार, ११ भारतीय नागरिकसमेत खोजीमा : गम्भीर अपराधी छुट्दा सुरक्षा चिन्ता बढ्यो

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १०० जना फरार रहेका छन् । फरारमध्ये ११ जना भारतीय...

सम्बन्धित खबर