spot_img

मेयर सिंहले पत्रकार खानलाई दिए उपचार खर्च ५० हजार

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ असोज । वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले फोक्सोको रोगबाट ग्रसित पत्रकार नेहाल खानको उपचारका लागि रु ५० हजार सहयोग गरेका छन् ।
कोरोना महामारीका बेला कोभिडमा संक्रमित भएर निको भएका पत्रकार खानको फोक्सोमा फेरि समस्या भएपछि अहिले उनको वीरगंजस्थित नारायणी अस्पतालको आईसीयूमा राखेर उपचार चलिरहेको छ ।
पत्रकार खान अस्पतालमा भर्ना भएको जानकारी पाउनासाथ मेयर सिंहले बुधवार बिहान आफ्नो व्यक्तिगत तर्पmबाट ५० हजार रुपियाँँ सहयोग उपलब्ध गरेका हुन् । मेयर सिंहका स्वकीय सचिव अफरोज आलम, प्रेस सल्लाहकार महेस दास, समाजसेवी एवं युवा नेता सुरेशमान सिंह लगायतले अस्पतालमै पुगेर खानलाई ५० हजार रुपियाँँको चेक चेक हस्तान्तरण गरेका हुन् ।
मेयर सिंहले पत्रकार खानको उपचारका लागि आफूले व्यक्तिगत रूपमा अहिले सहयोग गरेको र थप सहयोगका लागि सँधै तत्पर रहेको बताए । वीरगंजका पत्रकार र पत्रकारिताको सुरक्षा तथा संरक्षणका लागि कहिल्यै पनि आफू पछि नहट्ने भन्दै उनले पत्रकार खानको उपचारका लागि आवश्यक पर्ने अन्य सबै सहयोग गरिने बताए ।
पत्रकार खानको पत्नी पनि अहिले क्यान्सर रोगका कारण उपचाररत नै छिन् । पतिपत्नी दुवै रोगबाट ग्रसित हुँदा उपचारका लागि आवश्यक रकम जुटाउन सञ्चारकर्मीहरूले सामाजिक सञ्जाल मार्पmत आवश्यक सहयोग गर्न भन्दै अपिल गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर