spot_img

पर्साबाट पेस्तोलसहित २ जना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ कार्तिक । पर्सा प्रहरीले एकथान हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा पर्सा प्रहरीले एकथान नलकटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको हो ।
पर्सा प्रहरीले दुबैजनालाई गएको ५ गते वीरगंजको दुर्ई बेग्लाबेग्लै स्थानबाट पक्राउ गरेको थियो । प्रहरीमा आएको सूचनाको आधारमा वीरगंज महानगरपालिकाको वडा नम्बर २६ सुगौलीका सरफराज अन्सारी र साहिल अन्सारीलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले शुरूमा वीरगंजको छपकैयाँबाट एकथान नलकटुवा पेस्तोलसहित साहिल अन्सारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका साहिलले गरेको बयानको आधारमा थप सरफराजलाई पक्राउ गरिएको जनाइएको छ ।
पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्साका एसपी कोमलविक्रम शाहले जनाए । प्रहरी हिरासतमा रहेका दुबै जनामाथि हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान म्याद थप भइ अनुसन्धान चलिरहेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबैजनालाई सार्वजनिक गर्ने प्रहरीको तयारी रहेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर