spot_img

चीनमा ५.९ म्याग्निच्युडको भूकम्प, १०० बढीको मृत्यु

पढ्न छुटाउनुभयो ?

> > > ३ पुस २०८०, मंगलबार > *काठमाडौँ–* चीनमा शक्तिशाली भूकम्प गएको छ । सोमबार राति उत्तरी चीनको > गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको > मृत्यु भएको बीबीसीले जनाएको छ । भूकम्पमा परी २२० जना घाइते भएका छन् । > > मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु > र छिङ्हाइ प्रान्तमा बढी क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (*यूएसजीएस > <earthquake.usgs.gov/earthquakes/map/?currentFeatureId=us7000ljvg&extent=-5.96575,10.89844&extent=67.27204,194.76563>*)ले भूकम्प > १० किलोमिटर गहिराइमा गएको जनाएको छ । > > यसैबीच, चिनियाँ राष्ट्रपति सी चीनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प > प्रभावितहरूको उद्धार, राहत र घाइतेहरूको उपचारमा सम्पूर्ण संयन्त्र परिचालन > गरिएको बताएका छन् । > > आपतकालीन कामदारहरूले चिसो मौसमको सामना गर्दै उद्धारकार्यलाई जारी राखेको > समाचारमा जनाइएको छ । >
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर