spot_img

सांसद यादव र मेयर सिंहले स्वास्थ्य प्रयोगशालाको शिलान्यास गरे

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ माघ । सांसद प्रदीप यादव र नगरप्रमुख राजेशमान सिंहले वीरगंज महानगरपालिकाले वडा नम्बर २३ सबैठवामा निर्माण हुने स्वास्थ्य प्रयोगशालाको शिलान्यास गरेका छन् ।
सांसद यादवले महानगरको ग्रामीण क्षेत्रका नागरिकले अब घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।
नगरप्रमुख सिंहले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । महानगरको ग्रामीण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न आफूहरू लागिपरेको बताए । उनले सामान्य स्वास्थ्य जाँचका लागि पनि मुख्य बजार धाइरहनुपर्ने बाध्यता हटाउन र नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले सबैठवामा साढे ६६ लाख रुपियाँको लागतमा स्वास्थ्य प्रयोगशाला निर्माण गर्न लागेको जानकारी गराए ।
असार मसान्तभित्रै निर्माण सम्पन्न गरिसक्ने गरि शुरू भएको प्रयोगशाला भवन निर्माण कार्यको सोमवार शिलान्यास गरिएको थियो । ६६ लाख ५१ हजार ५ सय ३७ रुपियाँको लागतमा निर्माण हुन लागेको स्वास्थ्य प्रशोगशाला भवनको स्यारन बिजी कन्सट्रक्सन प्रा.लि.ले ठेक्का सकार गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर