spot_img

ग्यास लिक भएर रौतहटमा आगलागी

पढ्न छुटाउनुभयो ?

रौतहट, २३ चैत । रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँँमा आज बिहान एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।
स्थानीय शेख इशहाक मियाँ धुनियाको खपराको घरमा आगलागी भएको छ। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन।
आगलागी बाट अन्नपात, गरगहना र लत्ताकपडा गरी छ लाख ५० हजार बराबरको सरसामान पूर्ण रूपमा जली नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन।, स्थानीय र प्रहरीचौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगमा बिहान ९ बजेको समयमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

भारतले सीमा क्षेत्रको बाँध अग्लो बनायो : गौर डुबानको उच्च जोखिममा

१ जेठ, काठमाडौं । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन्...

सम्बन्धित खबर