spot_img

सदस्यता विवाद टुंग्याएर मात्र पत्रकार महासंघको जिल्ला अधिवेशन गर्न प्रेस युनियन पर्साको माग

पढ्न छुटाउनुभयो ?

वीरगन्ज,२६चैत/

नेपाल प्रेस युनियन पर्साले सदस्यता विवादको टुङ्गो नलागेसम्म नेपाल पत्रकार महासंघको जिल्ला अधिवेशनको मिति नतोक्न माग गरेको छ ।

सोमबार नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीलाई प्रेस युनियन पर्साका अध्यक्ष विजय महतोले ज्ञापनपत्र बुझाउँदै महासंघको सदस्यताको विवाद टुंग्याएरमात्र महासंघको जिल्ला अधिवेशनको मिति तोक्न माग गरेका हुन् ।

प्रेस युनियन पर्साले बुझाएको ज्ञापनपत्रमा भनिएको छ–‘पर्साबाट पत्रकार महासंघले सदस्यता शुद्धिकरण र नयाँ सदस्यताका लागि गरेको सिफारिस प्रति प्रेस युनियन लगायतका अन्य संघसंगठनले यसअघि नै विरोध जनाइसकेकोले सदस्यता सिफरिस नै विवादीत रहेको छ । तसर्थ सदस्यता सम्बन्धि उक्त विवाद टुंग्याएर सबै संघसंगठनको सहमतिमा मात्र जिल्ला अधिवेशनको मिति तोक्न प्रेस युनियन पर्साले माग गर्दछ ।’

प्रेस युनियनको यो माग र आग्रहलाई यदि अटेर गरेर पत्रकार महासंघ पर्साले जिल्ला अधिवेशनको मिति तोकेमा त्यसविरुद्ध प्रेस युनियन चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत प्रेस युनियन पर्साले दिएको छ ।

प्रेस युनियनका अध्यक्ष महतोका अनुसार, यहि माग राखेर प्रेस युनियन पर्सा शाखाले पत्रकार महासंघ मधेस प्रदेश समिति र केन्द्रिय कार्य समितिलाईपनि ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनत्र बुझाउन गएको टोलीमा प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति शाह, सचिव इरफान अली,कोषाध्यक्ष कपिलदेव यादव, प्रदेश सदस्य उदय दास ,जिल्ला सदस्य सन्जय गुप्ता, राकेश चौरसिया लगायतको सहभागीता थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर