spot_img

प्रतिबन्धित लागूऔषधको तस्करी गर्ने दुई पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ चैत । ठूलो परिमाणमा लागु औषधसहित दुर्ई जनालाई लाई पर्सा प्रहरीले पक्राउ गरेको छ । मालवाहक पिकअप गाडीमै लागु औषध तस्करी गर्ने दुर्ई जनालाई ठूलो परिमाणमा लागु औषधसहित वीरगंजको नगवाबाट प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले गत शनिवार बेलुकी वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाको बोखार चोकमा मधेश प्रदेश ०३–००१ च ७०९८ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उक्त पिकअप गाडीमा फल्स सिलिङ बनाई फल्सभित्र कालो टेपले बेरेर लुकाइएको लागु औषध नुरफिन हजार १ हजार २०० पिस, फेनारगन १ हजार २०० पिस, डाइजेपाम १ हजार २०० पिस, ओनरेक्स ५० बोत्तल र टपेन्टाडोल ट्याब्लेट ३९० पिस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन ।
बरामद लागु औषधसहित गाडीका चालक वीरगंज महानगरपालिका वडा नम्बर २० का २१ वर्षीय विष्णु पटेल र त्यही ठाँउका २० वर्षीय राजन यादवलाई नियन्त्रणमा लिइएको थापाले जानकारी दिए ।
लागु औषध र गाडीसहित नियन्त्रणमा लिइएका दुवै जनाविरूद्ध लागु औषध सम्बन्धी कसूरमा आइतवार पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको थापाले बताए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर