spot_img

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

पढ्न छुटाउनुभयो ?

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा पुलिसले आयोजक नव जनजागृती युवा क्लबलाई २–१ ले पराजित गरेको हो ।
आयोजकलाई घरेलु मैदानमा निराश पार्दै अन्तिम चारमा स्थान सुरक्षित गर्ने क्रममा पुलिसका उज्वल राईले दुई गोल गरे । आयोजकका लागि भने मोहित गुरुङले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक भिडन्तको तेस्रो मिनेटमै पुलिसले खेलमा अग्रता लिएको थियो । सुजन मगरले डिफेन्डरलाई बिट गर्दै निकालेको पासमा उज्वलले फिनिसिङ दिएका थिए । त्यसको दुई मिनेट बित्न नपाउँदै आयोजक खेलमा फर्कियो ।
पुलिसका निरज खड्काले मोहित गुरुङलाई डिबक्स भित्र लडाएपछि आयोजकले पेनाल्टी अवसर पाएको थियो । उक्त अवसरलाई मोहितले चुकाएनन् । पेनाल्टी गोलसंगै खेल १–१ को स्थितीमा पुग्यो ।
खेलको १९औं मिनेटमा उज्वलले दोस्रो गोल गरे । आयोजकका डिफेन्डरको कमजोरीको फाइदा उठाउदै उज्वलले खेल २–१ को स्थितीमा ल्याए । खेलमा अग्रता लिएपछि पुलिस रक्षात्मक देखियो ।
बलियो पुलिसविरुद्ध उत्कृष्ट खेल पस्किएको आयोजकले दोस्रो हाफमा आक्रामक खेल खेलेपनि स्कोर निकाल्न सकेन । खेलको म्यान अफ दि म्याच पुलिसका उज्वल राई घोषित भए । उनि शुभारम्भ प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार हात पारे ।
प्रतियोगिता अन्तर्गत विहिबार विभागिय टिम नेपाल एपिएफ क्लब र फ्रेण्ड्स क्लबको बिचमा अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर