spot_img

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

पढ्न छुटाउनुभयो ?

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थन दाबी परेपछि सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
उहाँलाई सङ्घीय सत्ता गठबन्धनमा रहेका दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीलगायत बहुमत प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । सिहंले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने तयारी छ ।
सिंह सप्तरी निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित हुनुहुन्छ । यसअघि उहाँ २०७४ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतबाट उम्मेदवार भई प्रदेशसभा सदस्य निर्वाचित हुनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

अस्पतालका कबाड सामान गुपचुप बिक्री

धर्मेन्द्र चौरसिया, पोखरिया, १३ माघ/प्रादेशिक अस्पताल पोखरियाका कर्मचारीहरूले विनासूचना अस्पतालका कबाड सामानहरू बिक्री गरेर रकम हिनामिना गरेका छन् । अस्पताल...

सम्बन्धित खबर