spot_img

मालपोत तथा पटेर्वा सुगौलीका लेखापाल सोनीमाथी भष्ट्रचारको मुद्या दायर

पढ्न छुटाउनुभयो ?

दिपक कुशवाहा २६ भाद्र÷ वीरगज मालपोत कर्यालय तथा  पटेर्वासुगौली गाँउपालिका लेखापाल सोनुकुमार सोनी सहित ११ जनामाथी अख्तियार दुरुपयोग अनुसन्धान कार्यलयले भष्ट्रचारको मुद्या दायर गरेको समाचार प्राप्त भएको छ ।
सप्तरिको तिरहुत गाउँपालिका, प्रमुख प्रशासकीय अधिकृत राम नारायण साहसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी र्पुयाई भन्दै सो कार्यलयले भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेको छ ।
सोनी पर्साको बिवादी ठाँउ मालपोत कार्यलयमा रहदा नक्क्ली रकिद प्रयोग गरि लाखौ कुमल्याएको आरोप छ । पर्साको पर्टेवा सुगौली गापामा काम नभएको १७ वटा शिर्षकमा उनले सिधा राजनिती दवावका परि भुझानी गरको प्रमाण प्रतिकसंग छ ।
सप्तरीका्े तिरहुत गाउँपालिका ५ स्थित पर्यटन क्षेत्र गेट निर्माण, अधुरो भवन निर्माण रंगरोगन तथा व्यवस्थापन सम्बन्धी कार्य अधुरो छाडेको तथा कुनै कामै  भुझानी सोनीले गरेका छन । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव र इन्जिनियर खुर्सेद इक्राम आर्थीक बर्ष २०७५÷७६ प्राविधिक मूल्याङ्कन सहितको नापी किताब र कार्य सम्पन्न प्रतिवेदन पेश गरी भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरेको आरोपमा उनीहरुमाथी मुद्या दायर भएको छ ।  ११ लाख १९ हजार बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी बिगो असुल उपर तथा सजाय सहित मुद्या दायर भएको छ ।
लेखा प्रमुख सोनु कुमार सोनीले योजनाको भुक्तानी गर्दा बढी भुक्तानी गराए आर्थीक  लाभ लिएको र प्रथम रनिंग बिलको भुक्तानी लिंदा उपभोक्ता समितिले पेस गरेको बिल बिजकहरु जारी भएको मिति योजना सम्झौता मिति भन्दा अगावै जारी भएको देखिएवाट उक्त बिल भरपाई झुट्टा तथा नक्कली भएको पुष्टि भएको अवस्थामा उनी माथी मुदा दायर भएको छ ।
उपाध्यक्ष तथा योजना अनुगमन समितिको संयोजक तीर्थमाया खत्वे, योजना अनुगमन समितिको सदस्यहरु दुर्गानन्द यादव, विरेन्द्र कुमार यादव, भोगनन्द महत्मान यादव र रामानन्द चौधरीले बास्तविक भए गरेको कार्य भन्दा बढी भएको प्रतिबेदन दिएको भन्दै उनीहरुमाथी पनि मुद्या दायर भएको छ ।
उपभोभ्ता समितीका अध्यक्ष शिवनाथ चौधरी, सचिव देव नारायण चौधरी र कोषाध्यक्ष चन्द्री देवीमाथी मुदा लागेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर