spot_img

डली चायवालाले नेपालका अतिथिलाई चिया बनाएर खुवाउने

पढ्न छुटाउनुभयो ?

काठमाडौं, ३१ भदौ । डली चायवाला सोमवार नेपाल आइपुगेका छन् । सोमवार अपरान्ह उनी झापाको काँकडभिट्टा आइपुगेका हुन् । दुर्ईजना अंगरक्षक र दुर्ईजना व्यवस्थापकसहित उनी आइपुगेको उनलाई नेपाल ल्याउने संस्था ग्लोबल इनोभेसन पार्टनरका आरिफ अलीले जानकारी दिए ।
त्यहाँको लंका रिसोर्टमा उनले चिया बनाएर अतिथिलाई खुवाउनेछन् । सोही होटलमा हुने कार्यक्रममा हिमालय टिभीको रियालिटी शो भ्वाइस किड्सबाट चर्चित अर्नव वनसहितका कलाकारले सांगीतिक प्रस्तुति समेत दिने भएका छन् ।
डली चायवाला मंगलवार बेलुका काठमाडौं आउनेछन् । काठमाडौंमा उनले केही शैक्षिक परामर्शदाता संस्थासँगको मिट एण्ड ग्रीटमा भाग लिनेछन् । हेलिकप्टरबाट काठमाडौं र पर्वतीय उडान भर्ने उनको कार्यक्रम छ । काठमाडौंमा रहँदा उनी पाँचतारे होटल सोल्टीमा बस्नेछन् ।
काठमाडौंबाट उनलाई तीन दिन पोखरा घुमाउने तयारी रहेको अलीले जनाए । ‘उहाँ मार्पmत हामी नेपालको पर्यटन प्रवद्र्धन गर्न चाहन्छौं । उहाँको भाइरल छविलाई नेपालको पर्यटनको हितमा लगाउँने सोच छ’ अलीले अनलाइनखबरसँग भने ।
भारतमा हालै सम्पन्न जी–सेभेन बैठकको क्रममा अमेरिकी अर्बपति बिल गेट्सलाई चिया खुवाएपछि उनी विश्वव्यापी चर्चामा आएका थिए । संसारका ठूला मिडियाले उनलाई कभरेज गरेका छन् । पछिल्लो समय उनी विदेश भ्रमणमा व्यस्त देखिन्छन् । यतिबेला उनी केही ब्राण्डसँग पनि आबद्ध छन् । ः साभारः अनलाइनखबर
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर