spot_img

१७० किलो गाँजासहित दुर्ई जना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज,१२ मंसिर । जिल्ला प्रहरी कार्यालय, बाराले १७० किलो गाँजासहित दुर्ई जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको कोल्हवी नगरपालिका –५ सोनाभार टोल बस्ने अन्दाजी ५० वर्षीय रमोद चौधरी र सोही ठाउँमा बस्ने दिनदयाल चौधरीको श्रीमति अन्दाजी ५२ वर्षकी मनमती देवी चौधरी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनिहरूको साथबाट १ सय ७० किलो (२१ पोका) लागु औषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५ सोनाभार स्थित दिनदयाल चौधरीको घरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त लागू औषधसहित दुर्ई जनालाई पक्राउ गरेको हो ।
दिनदयाल चौधरीको घरमा खानतलासी गर्दा रातो रंगको प्लाष्टिकले बेरी राखेको २१ पोका – १ सय ७० किलो लागू औषध गाँजा प्रहरीले बरामद गरेको हो ।
उक्त दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहिको प्रकृया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

शहिदकै बलिदानीले नेपाल स्वतन्त्र र सार्वभौम रहन सफल भएको हो : प्रदीप यादव

वीरगञ्ज — पर्सा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले शहिदहरूको बलिदानीकै कारण नेपाल आजसम्म स्वतन्त्र र...

सम्बन्धित खबर