spot_img

रास्वपा पर्साको सभापतिमा हरि पन्त निर्विरोध

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला भेलाले सभापतिमा हरि पन्तलाई निर्विरोध चयन गरेको छ । आइतवार वीरगंजको क्लासिक ब्यान्क्वेटको सभाहलमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला भेलाले आठ सदस्यीय जिल्ला समिति पनि निर्विरोध निर्वाचित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले सपथ ग्रहण गराउदै शुभकामना समेत दिए ।
भेलाले उपसभापतिमा तुलसा पौडेल सचिवमा सुदिश प्रजापति, सहसचिवमा कृष्ण पासवान, सदस्यहरूमा दिलीप कुर्मी, पूर्ण सापकोटा, सुरेश यादव र प्रियन्का पटेललाई निर्बिरोध चुनेको हो । यसअघि रास्वपा मधेस प्रदेशले पन्तलाई पर्साको जिल्ला संयोजक चुनेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

कर्तव्य ज्यान मुद्दाका फरार अन्सारी पक्राउ

वीरगंज, १३ कात्तिक । कर्तव्य ज्यान मुद्दामा १ वर्ष कैद र रू. १० हजार जरिवाना तोकिएपछि फरार भएका एकजना...

सम्बन्धित खबर