spot_img

जसपा नेपालको आरोपमा सत्यता छैन– जसपा

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ पुस/ जनता समाजवादी पार्टी, पर्सा सङ्गठनले धानको बोझामा आगजनी गर्नेलाई कारबाईको माग प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएको छ । वीरगज महानगर अध्यक्ष ईश्वरचन्द्र यादवले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका हुन् । वीरगंज महानगर–२२ जगरनाथपुर निवासी हरेन्द्र यादवले कटानी गरेर राखेको धानबालीलाई पुस ७ गते केही व्यक्तिहरूले आगजनी गरी क्षती पु¥याएको भन्दै हिजो पत्रकार सम्मेलन गरी दोषीलाई कारबाईको माग गरेको थियो । जसपा नेपालले हिजो पत्रकार सम्मेलन गरी खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा उनका पार्टीका ४ जना युवाहरूको नाम उल्लेख गरी आरोपीत बनाएको घटनामा कुनै सत्यता नरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । जसपा नेपाल, पर्सा अध्यक्ष रामनरेश यादवले पत्रकार सम्मेलनमा दिएको सार्वजनिक अभिव्यक्तिलाई सच्याउन माग समेत ज्ञापन मार्फत गरेको छ । नेपाल सरकारको खानेपानीमन्त्री प्रदीप यादवको नाम नै जोडेर अनावश्यक विवाद गराउन प्रतिशोधको भावनाले अध्यक्ष यादवले आरोप लगाउने व्यक्तिलाई सचेत समेत गराएका छन् । घटनाका दोषीलाई बचाउने खेलमा जसपा नेपाल लागी परेको नेता तबरेज आलमले बताए । ज्ञापनपत्र बुझाउनेमा जिसस पर्साका सभापति अजय सरार्फ, मोहनलाल चौधरी, असलम आलम लगायतको उपस्तिथी रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर