spot_img

हरवाचरवाको न्यायिक पुनस्र्थापनाको माग राख्दै ज्ञापन

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० फागुन । मधेस प्रदेशका मुक्त हरवा चरवाका विभिन्न स्थानीय पालिका कमिटीहरूले न्यायिक पुनस्र्थापनाको माग राख्दै मंगलवार पालिकाहरूलाई ज्ञापनपत्र बुझाएको छ ।
मुक्त हरवाचरवाको न्यायिक पुनरस्थापना हाम्रो सरोकार, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार नाराकासाथ मधेस प्रदेशमा शुरू भएको जागरण अभियान अन्तर्गत पर्साको पकहामैनपुर, बाराको करैयामाइ, रौतहटको बृन्दावन र सिरहाको औरही पालिकाहरूमा ज्ञापन पत्र बुझएको हो ।
पर्साको पकहामैनपुरमा केन्द्रिय सदस्य खुबलाल रामको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहलाइ ज्ञापनपत्र बुझाउदै संघ र प्रदेश सरकारसंगको समन्वयमा स्थानीय सरकारद्वारा मुक्त हरवाचरवाको वास्तविक तथ्याङ्क सङ्कलन गरी उनीहरूलाई बर्गीकृत परिचय पत्र प्रदान गरिनुपर्ने, मुक्त हरवाचरवाको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गर्नु पर्ने र लैंङ्गिक भेदभाव बिना सबैलाई समान र उचित ज्याला सुनिश्चित गरिनुपर्ने माग गरेको छ ।
आगामी आर्थिक वर्षको निति, कार्यक्रम र बजेटमा हरवाचरवाको पक्षमा निति, कार्यक्रम र बजेट बिनियोजन गरिनुपर्ने र हरवाचरवाको पहिचान, परिचयपत्र र पुनःस्थापनाका लागि स्थानीय तहबाट कार्यबिधि निर्माण गरिनुपर्ने लगायतका मागहरू गरिएको कमिटीका जिल्ला अध्यक्ष अमरदेव पासवानले बताउनु भयो ।
त्यस्तै बाराको करैयामाइमा झगरू पासवान, रौतहटको बृन्दावनमा दशरथ राम र सिरहाको औरहीमा श्यामसुन्दर सदाको अगुवाइमा ज्ञापनपत्र बुझाइएको रौतहट जिल्ला सहजकर्ता सुबासहेब पासवानले बताउनु भयो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर