spot_img

राप्ती आँखा अस्पतालको अपरेशन भवन निर्माणको शिलान्यास

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० फागुन । दाङको तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माणको आज तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव श्री वशिष्ट नन्दनले संयुक्त रूपमा शिलान्यास गर्नुभयो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरू ४.३३१ करोड परियोजना लागतमा राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माण भइरहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
भारत सरकारको अनुदानबाट अपरेशन थिएटर भवन र अन्य सम्बद्ध सुविधाहरू निर्माण भइरहेको र यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढेको तथा तुलसीपुर उप–महानगरपालिका, दाङ मार्पmत कार्यान्वयन भइरहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
तुलसीपुर उप–महानगरपालिका, दाड्ढा मेयर तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहायताको प्रशंसा गर्नुभयो । उहाँहरूले निर्माण भइरहेको पूर्वाधारले नेपालका जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने र नेपालको लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइएका छन् र ४९५ वटा परियोजनाहरू सम्पन्न भइसकेका छन् । यी मध्ये ६२ वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -
- Advertisement -spot_img
spot_img

ताजा खबर

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति हरि पन्तले देशलाई समृद्ध बनाउन अब मार्क्सवाद, लेलिनवाद र माओवाद...

सम्बन्धित खबर