spot_img

म्याग्नस फर्माद्वारा मधुमेह, अल्जाइमर्स र हेपाइटाइटिस रोगको औषधि उत्पादन

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० फागुन । म्याग्नस फर्माले आज होटेल भिस्वामा पत्रकार सम्मेलन गरी सन् २००७ मा स्थापना भएको यस औषधि उद्योगले १०९ ब्रान्डसहित २०७ प्रकारका औषधि उत्पादन गरिरहेको जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा म्याग्नस फर्माका प्रबन्ध निर्देशक सुधिर प्रसाद मास्केले नेपाली बजारमै पहिलोपटक मधुमेह, अल्जाइमर्स, हेपाटाइटिस सी र बी जस्ता रोगका लागि अत्यावश्यक औषधिहरू उत्पादन गरेको जनाएको छ ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा नयाँ प्लान्ट जडान गरी म्याग्नस फर्मा प्रालिले मिर्गाैला रोगका लागि औषधिहरू पनि उत्पादन गरिरहेको उनले बताएका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार यस कम्पनीले नेपाली बजारका लागि औषधिहरू गुणस्तरयुक्त उत्पादन गरिरहेको जनाएको छ । म्याग्नस फर्माका अध्यक्ष सन्दिप तुलस्यानले देशको औषधि आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य लिएको बताए ।
प्राबिधिक निर्देशक सर्वाेत्तम गिरीले सुरक्षित, असरदार तथा उच्चतम गुणस्तरीय औषधि उत्पादन गर्न कटिबद्ध रहने बताए । म्याग्नस फर्माका वित्तीय निर्देशक विनित लोहियाले थप एक अर्ब भन्दा बढीको लगानी गरिसकेको र सिथिल अर्थतन्त्र तथा रोजगारी प्रवर्धनमा थोरै भए पनि टेवा पु-याएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर