spot_img

जबरजस्ती करणी र ज्यान मार्ने उद्योग आरोपमा इन्स्पेक्टर पक्राउ

पढ्न छुटाउनुभयो ?

काठमाडौं । पूर्वपत्नीले बलात्कार र ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि एक जना इन्स्पेक्टरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।पक्राउ पर्नेमा प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत इन्स्पेक्टर दिनेश गुरुङ छन् ।
उनलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ ।उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट मंगलबार बलात्कार र ज्यान मार्ने उद्योगको कसुरमा पाँच दिनको म्याद थप भएको परिसरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।
अहिले हिरासतमा रहेका इन्स्पेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका थिए । पूर्वपत्नी सँगै रहेकी छोरीसँग भेट्न जाँदा आफूमाथि अभद्र व्यवहार भएको दाबी उनको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img







- Advertisement -spot_img
spot_img

ताजा खबर

बारामा बिहीवार रातिदेखि कफर्यू आदेश

बारा, २६ भदौ । जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा बिहिवार राति देखि फेरी कफर्यू आदेश जारी गरेको छ...

सम्बन्धित खबर