spot_img

केन्द्रीय कारागारबाट फरार कैदी पर्साको कालिकामाईबाट पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले जेनजी आन्दोलनका क्रममा केन्द्रिय कारागारबाट कर्तव्य ज्यान मुद्दाका फरार कैदीलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरियाले जिल्ला पर्सा कालिकामाई गाउँँपालिका वडा नं. ५ सिमरा बस्ने वर्ष ४० को मुक्तिनारायण कुर्मीलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । कुर्मीले आफनै पत्नी वर्ष ३५ की संगिता देवीलाई घाँटी थिची कर्तव्य गरी मारेको मुद्दामा पर्सा जिल्ला अदालतबाट २५ वर्ष कैद तोकेको थियो । २०८२।०५।२४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रिय कारागार जगनाथदेवल, काठमाण्डौबाट फरार पश्चात आफ्नै गाउँँघरमा लुकीछिपी बस्दै आएको भन्ने सूचनाको आधारमा उनलाई शनिवार निजकै घरबाट पक्राउ गरी सम्बन्धित कारागार पठाउने जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

चितवन कारागारबाट भागेका ७४३ मध्ये १०० अझै फरार, ११ भारतीय नागरिकसमेत खोजीमा : गम्भीर अपराधी छुट्दा सुरक्षा चिन्ता बढ्यो

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १०० जना फरार रहेका छन् । फरारमध्ये ११ जना भारतीय...

सम्बन्धित खबर