spot_img

महिलाबीच विवादः चक्कु लागेर महिला घाइते

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ कात्तिक । वीरगंजमा दुई महिलाहरुबीच एकापसमा भएको विवादमा एकले अर्कोलाई चक्कु प्रहार गरी घाइते बनाएका छन् । वीरगंज महानगर–३ चित्रगुप्त टोलमा डेरामा बस्ने खुसी कुमारी वर्णवालले छिमेकी ४२ वर्षीया नूतन कुमारी कर्णमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
रौतहटको गौर नगरपालिका–५ स्थायी घर भइ हाल वीरगंज–१ चित्रगुप्त टोलमै डेरा लिएर बस्ने २५ वर्षीया खुसी कुमारी बर्णवाललाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरिरहेको जनाएको छ ।
रामाशंकर मलिकको घरमा भाडामा बस्दै आएकी खुसीले नूतनमाथि छुरा प्रहार गरेपछि घाइते भएको र उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ । नूतन र खुशीबीच झैझगडा हुनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
चक्कु प्रहार गर्ने खुशीलाई प्रहरीले नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय वीर्ताको हिरासतमा राखेको प्रहरी निरीक्षक सुवेदीले बताए । दुवै जनाबीच झगडा भइरहेका बेला आवेशमा आएर खुशीले तरकारी काट्ने चक्कुले नुतनमाथि प्रहार गरेकी थिइन् । घाइतेको उपचार भइरहेको छ, भने उनको अवस्था सामान्य छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर