काठमाडौँ । बढुवा समितिको सचिवालयले १४ जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार जारी गरेको सूचनाअनुसार रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरू सिफारिसमा परेका हुन्।
सचिवालयले नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत १२ जना तथा नेपाल लेखा परीक्षा सेवा, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत २ जना कर्मचारी बढुवा सिफारिस सूचीमा समावेश छन्।




