spot_img

रुपेश पाण्डे भरोसा गर्ने उमेदवार भएन,मतदाता

पढ्न छुटाउनुभयो ?

दिपक कुशवहा

वीरगज,१८ माघ/  नेकपा एमालेबाट पर्सा क्षेत्र नम्बर ३ बाट उमेदावरी दर्ता गराएका रुपेश पाण्डे भरोसा गर्ने लगाएक उमेदवार नभएका मतदाताहरुले बताउन थालेका छन ।

नेपाली काग्रेस लगाएत अन्य पार्टीले आफनो उमेदवार बनाएका अन्य उमेदवारहरुमाथी भरोसा गर्न सकिन्छ ,तर पाण्डेमाथी भरोसा गर्नु व्यर्थ हुने पोखरियाका बासिन्दाहरु बताउन थालेका छन । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा घर भएपनि पुरै जिवन घर बाहिर परिवारसंग टाढा बसेको,जनताहरुको शुखदुखको बेला बेपाता रहेको अहिले आएर उमेदवार बन्नेर जितने सपना देख्नु  दिवा सपना सरह हुने तर्क गर्न थालिएको छ ।

नेकपा एमाले पार्टीका नेताहरुको पनि पाण्डेमाथी बिश्वास गर्नु सिगो पार्टी नै धवस्त बनाउनु सरह हुने बताउन थालेका छन । नाम लेख्ने शर्तमा एकजना पार्टीका नेताका अनुसार पार्टीका निर्देशन मानेर आफुहरु चुनावी अभियानमा हिडेको बताए । हिजोसम्म पाण्डेले टिकट पाउनका लागी सबै पार्टी चहारेर बसेका थिए ।

कुनै पार्टीले टिकट नदिए आफु स्वतन्त्र लडने घोषना समेत गरेका थिए । टिकट बितरण गर्ने बेला अघि ओलीसंग टिका लगाई आफनै फोटो फेसबुकमार्फ मिडीया ट्रायल लगाराएका थिए । पछि आलोचना हुन थालेपनि पाण्डेले आफैनै पेजबाट आफु  नेकपा एमालेका प्रवेश गरेको हाल्ला झुठो भएको बताएका थिए ।

आफुलाई निर्वतमान सांसद प्रभु हाजरामार्फत ओलीले भेटन बोलाएको टिका लगाई मलाई मदनाम गर्न खोजीएको भन्दै फेसबुकमा लेखेको र त्यसको स्क्रिनसर्ट अहिले भाईरल बन्नेको छ । पछि पाण्डेले सो पोष्ट हटाएका थिए । यसरी गतीबिधी गर्ने मान्छेमाथी बिश्वास गर्ने कुनै नभएको ति नेताको भनाई थियो । आज मत लिएर जितला भोली अरु पार्टीले मन्त्रिको अफर गरे पार्टी छोडेर जान कुनै बेर पाण्डले लाउदैन एमालेका नेताहरुको भनाई छ । राजनिती सेवा हो उनको पाण्डेको समाजमा कुनै सेवा छैन,अहिको देखिएको भिड चाडै तितबितर हुने उनको भनाई थियो । दोस्रो कुरा पाण्डेले बिगतमा आफनै परिवारमाथी दिएको पिडालाई उनका छिमिकीहरु स्मरण गरिदै जुन मान्छे आफनो परिवारको भएन भन्ने आम जनताहरुको कसरी हुन्छ छिमिकीहरु प्रश्न सोधी रहेका छन । हावाको तालमा लै लै गरि चुनाव लडेका छन तर बिश्वास गर्ने लायक नभएको उनको तर्क थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

शहिदकै बलिदानीले नेपाल स्वतन्त्र र सार्वभौम रहन सफल भएको हो : प्रदीप यादव

वीरगञ्ज — पर्सा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले शहिदहरूको बलिदानीकै कारण नेपाल आजसम्म स्वतन्त्र र...

सम्बन्धित खबर