spot_img

पथलैया–चुरियामाई खण्डको अतिक्रमित संरचना हटाउन सडक डिभिजनको अल्टिमेटम

पढ्न छुटाउनुभयो ?

8वैशाख, हेटौंडा । सडक डिभिजन हेटौंडाले पर्सा बीरगञ्जको मुख्य सडक विस्तार सुरु गरेसँगै पथलैया–चुरियामाई खण्डको सडक क्षेत्रमा अतिक्रमित संरचना हटाउने तयारी गरेको छ ।आइतबार ६ असोज बिहानैबाट सडक डिभिजनले त्रिभुवन राजपथअन्तर्गत पर्ने बीरगञ्जको गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार थालेको हो । अब बाराको पथलैयादेखि मकवानपुरको सीमा क्षेत्र हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईसम्म सडक विस्तारको तयारी गरेको हो । बीरगञ्जको गण्डकदेखि पथलैयासम्म यसअघि नै सडक विस्तार भइसकेको छ ।

सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले सोमबार पथलैया–चुरियामाई खण्डमा २५ मिटरभित्रका घरटहरा १० वैशाख भित्र हटाउन सूचना जारी गरिएको जानकारी दिए । पटक–पटकको सूचनापछि पनि अतिक्रमण यथावत रहेपछि कार्यालयले तोकिएको मिति भित्र खाली नगरे सार्वजनिक सडक ऐन, २०३१ र प्रचलित नेपाल कानून बमोजिम कारबाही अघि बढ्ने जनाइएको छ ।

सडक डिभिजनले यसअघि १८ पुस ०७३ र ९ असार ०८० मा पनि सूचना जारी गर्दै महेन्द्रराजमार्गको पथलैयादेखि चुरियामाई ३ नं. पुल र चुरियामाई मन्दिर बाराको क्षेत्रमा सडकको केन्द्रबाट दायाँबायाँ दुबैतिर २५/२५ मिटरको सीमा भित्र रहेका घर टहराहरु नहटाएको जनाएको छ

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जति सम्पत्ति सार्वजनिक गरे, त्यो नै विवादास्पद बन्यो । सयौं रोपनी जग्गा...

सम्बन्धित खबर