spot_img

नाबालिका बलात्कार प्रकरण फरार शिक्षक हाजिर भए

पढ्न छुटाउनुभयो ?


सखुवाप्रसौनी गाउँपालिकामा गत चैत १६ गते पाँच कक्षामा अध्ययनरत १२ वर्षीया छात्रामाथि एकजना शिक्षक र अर्का एकजना युवकले गरेको बलात्कारको घटनाले नयाँ मोड लिएको छ । बलात्कारको आरोपित डकैला निमाविका शिक्षक रूपेश यादव घटनाको ३६ दिनपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा मङ्गलवार हाजिर भएका थिए । शिक्षक यादवलाई प्रहरीले जिल्ला न्यायाधिक्ताको कार्यालयमार्फत अदालतमा हाजिर गराएर हिरासतमा राखेर अनुसन्धानका लागि म्याद लिएको छ ।

घटनाका अर्का आरोपी २५ वर्षीय लड्डु यादव भने हालसम्म फरार छन् । लड्डु अहिले भारतमा लुकेर बसेका तर सामाजिक सञ्जाल टिकटकमा उनी देखा पर्दै आए पनि प्रहरीले उनलाई पक्राउ गर्न खासै चासो देखाएको छैन । पीडिताका पिताले एक साता अघि नेपाल पत्रकार महासङ्घ पर्सामा पत्रकार सम्मेलन गरेर घटनाका आरोपीलाई प्रहरीले जोगाउन खोजेको आरोप लगाएका थिए ।

यसैगरी, छोरीलाई विभिन्न माध्यमबाट धम्की दिने काम भएको र प्रहरीले अभियुक्तहरूलाई तह लगाउन भूमिका नखेलेको आरोप लगाएका थिए । पीडिताका पिताले प्रहरीमाथि पनि गम्भीर आरोप लगाउँदै बयान फेर्ने काम गरेको, रिपोर्टमा छेडछाड गरेको आरोप लगाएका थिए । यसबारेमा पर्सा प्रहरीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यसैबीच, शिक्षक यादव नाटकीयरूपमा प्रहरीमा हाजिर भएपछि पीडिताका पिताले लगाएको आरोप सही देखिन थालेको छ । नाबालिकालाई अभियुक्त लड्डु यादव र भगल यादवको घरमा राखेर एकैदिन दुईपटक बलात्कार गरिएको आरोप छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित परियोजनाको निरीक्षण

काठमाडौँ । विकासमा साझेदार विश्व बैंकको आर्थिक सहयोगमा पोखरामा सञ्चालित परियोजनाको आज महानगर प्रमुख धनराज आचार्यसहित विश्व बैंकका उपाध्यक्ष...

सम्बन्धित खबर