spot_img

धारिलो हतियार प्रहार गरी युवकको हत्या

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ असोज । बारा जिल्लाको पचरौता नगरपालिका–१ पिपरपाती निवासी एकजना युवकको धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको छ ।
पिपरपातीका अमरेश सिंहको शव गएराति स्थानीयवासीले दक्षिण सीमा नजीकै देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले आज बिहान शवको मुचुल्का बनाई पोस्टमार्टमको लागि कलैया अस्पताल लगेको छ । प्रहरीले अनुसन्धानको क्रममा दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -spot_img
spot_img

ताजा खबर

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न...

सम्बन्धित खबर